चोलेन्द्रलाई रोक्ने सर्वोच्च बारको तयारी

काठमाडौँ । निलम्बन फुकुवा भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न रोक लगाउने सर्वोच्च अदालत बार एशोसिएशनले तयारी गरेको छ । सर्वोच्च बारका सदस्य डा. रामहरी त्रिपाठीका अनुसार राणाले नियमित कामकाजमा फर्किने तयारी गरेपछि बारले उनलाई सर्वोच्च छिर्न नदिने तयारी गरेको हो ।

१ फागुन २०७८ मा ९५ सांसदको हस्ताक्षरसहित संसदव सचिवालायमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेको थिए । तर, मंगलबार उनले निलम्बन फुकुवा गर्न माग गर्द संसद सचिवालयलाई पत्र लेखेका थिए । सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार उनको निलम्बन फुकुवा भएको पत्र दिएपछि राणा बुधबार नै सर्वोच्च जाने तयारी गरेका छन् ।

तर, उनको निलम्बन फुकुवा गैरकानुनी भएको भन्दै सर्वोच्च बारले उनलाई रोक्न खोजेको हो ।

महाअभियोग प्रस्तावको टुंगो नलाग्दै संसदको ५ वर्षे कार्यकाल सकियो । निर्वाचत पछि हाल नयाँ संसद गठनको तयारी भइरहेको छ । संसदको कार्यकाल सकिएसँगै जबराले निलम्बन फुकुवा गर्न माग गरेका थिए भने संसद सचिवालयले निलम्बन फुकुवा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *