विश्वकप : क्वार्टरफाइनलमा कुन-कुल टोली भिड्छन् ?

काठमाडौँ । विश्वकप फुटबलको क्वार्टरफाइनलमा भिड्ने टोलीको टुंगो लागेको छ । मंगलबार राति नकआउटको अन्तिम खेलबाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेसँगै ८ वटै टोलीको टुंगो लागेको हो।

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। शुक्रबार राति ८ ४५ बजे सर्वाधिक सफल टोली ब्राजिलले साविक उपविजेताको सामना गर्नेछ। ब्राजिल दक्षिण कोरियालाई ४–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो भने क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो।

त्यसैराति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। नेदरल्याण्ड्स अमेरिकालाई ३–१ ले पराजित गर्दै र अर्जेन्टिना अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन्।

एउटा समूहबाट नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया र ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। अर्को समूहबाट इङ्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन्।

अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन्। यसअघि २०१४ को विश्वकपमा नेदरल्याण्ड्स र अर्जेन्टिना सेमिफाइनलमा भिडेका थिए।

अर्को समूहका इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन्। मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। पोर्चुगलले १६ वर्षपछि अन्तिम ८ मा स्थान बनाएको हो। रोनाल्डोको डब्यु विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि क्वाटरफाइनलमा पुगेको छ।

साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले अन्तिम ८ मा स्थान बनाएका छन्। गत विश्वकपमा सेमिफाइनल पुगेको इङ्ल्याण्डले अन्तिम ८ सुरक्षित गर्दा अर्को टोली बेल्जियम भने समूह चरणबाटै बाहिरिएको छ।

ब्राजिल यसअघि पनि क्वार्टरफाइनलमा पुगेको थियो। यसपटक नयाँ टोलीका रुपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन्।

यसपटकको विश्वकपमा चार वटा पूर्वविश्व विजेता टोलीले स्थान बनाउँदा ४ वटा विश्वकप जित्न नसकेका टोली पनि अन्तिम ८ मा पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *