विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, यी टोली भिड्ने

काठमाडौँ । विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति नकआउटका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो।

क्वार्टरफाइनलमा नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया, ब्राजिल, इङ्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल पुगेका हुन्।

अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन्। यस्तै इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन्।
यस पटक नयाँ टोलीका रूपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन्। चार वटा टोली यसअघिकै दोहोरिएका छन्।

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया शुक्रबार राति ८:४५ बजे भिड्ने छन्। त्यसै राति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ।

शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगल भिड्ने छन्। शनिबार मध्य राति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्नेछन्। यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *