पूर्वविश्व विजेता स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । पूर्वविश्व विजेता स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

मंगलबार राति एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३९० ले पराजित गर्दै मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। पेनाल्टी सुटआउटमा स्पेनका सबै खेलाडी चुके। पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो।
मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार भने विफल भयो।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीमा पुगेको हो।

मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो। अब सेमिफाइनल प्रवेशिका लागि पोर्चुगलसँग भिड्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *