रवि लामिछानेको नागरिकताबारे प्रहरीले तीव्र बनायो अनुसन्धान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका नागरिकता विवादमा प्रहरीले अनुसन्धान थालेको छ । अमेरिका र नेपालबाट लिएका नागरिकता र पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान थालेको हो ।

यसका लागि दुवै देशका निकायसँग यी कागजात बारे प्रहरीले जवाफ माग गरेको छ । नेपाली प्रमाण पत्रका विषयमा जिल्ला प्रशासन कार्यालयमा र अमेरिकी कागाजातका बारेमा अमेरिकी दुतावासमा पत्र पठाउँदै प्रहरीले जानकारी माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले अमेरिकी दूतावासमा यस विषयमा जानकारी माग गर्दै गृह मन्त्रालयमार्फत परराष्ट्रलाई आग्रह गरेको हो । गृह मन्त्रालयको आग्रहपछि परराष्ट्रले दूतावासमा यस विषयमा जानकारी माग गर्ने छ ।

प्रहरी प्रधान कार्यालयले दुई दिन अघि नै पत्राचार गरिसकेको पुष्टि गरेको छ। तर परराष्ट्रले भने गृहबाट पत्र आइनसकेको जानकारी दिएको छ ।

अमेरिकी दूतावासको जवाफपछि प्रहरीले यस विषयमा थप निर्णय गर्ने छ ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद लामिछानेले नेपाली नागरिकता नत्यागि अमेरिकी नागरिकता लिएको आरोप छ। यस्तै उनीसँग हाल पहिलेकै नागरिकता रहेको र त्यो नागरिकता खारेज भइसकेको उजुरी परेको थियो ।

निर्वाचन पहिले नै निर्वाचन आयोगमा लामिछानेको उजुरी खारेज गर्न माग गर्दै उजुरी परे पनि आयोगले निर्णय गरेको थिएन। अहिले यो विषय प्रहरीमा पुगेको हो ।

प्रहरीको अनुसन्धानपछि यस विषयमा अब अदालतले निर्णय गर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =