मल वितरणबारे विवाद हुँदा बाराको सिम्रौनगढमा झडप

कलैया । बाराको सिम्रौनगढमा मलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिकाको ४ नम्बर वडाले कार्यालयले पाएको रासायनिक मल वितरण माग गरिएको आवेदन दिने क्रममा विवाद हुँदा झडप भएको हो ।

वडा कार्यालयले पाएको उक्त मल वितरण गर्न १५ मंसिरदेखि १८ मंसिरसम्म आवेदन दिने समय तय गरिएको थियो । तर, केही किसान आवेदनको अन्तिम मिति रहेको दिन १८ गते अपरान्ह निवेदन लिएर कार्यालय पुगेका थिए । तर, कार्यालय बन्द भइसकेको थियो । कार्यालय ४ बजेसम्म खोल्नु पर्नेमा अगाडि नै बन्द गरेर आफूहरुलाई मल लिनबाट बञ्चित गरिएको भन्दै उनीहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।

मंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *