विश्वकप २०२२ : आज स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरू हुँदैछन्।

मंगलबार हुने पहिलो खेलमा स्पेन र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। एजुकेसन सिटी  स्टेडियममा हुने स्पेन र मोरक्को बीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।

मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन्।

अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। प्रि-क्वाटरफाइनलको अन्तिम खेलको रूपमा रहेको यस खेल  राति १२:४५ बजे सुरु हुनेछ।

लुसिल स्टेडियममा आज दुवै टोली पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *