दक्षिण कोरियामाथि सानदार जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाडाैँ । दक्षिण कोरियामाथि शानदार जित हात पार्दै ब्राजिल लगातार ८ औं पपटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कोरियामाथी ब्राजिलले ४–१ को जित हात पारेको हो ।

पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको थियो। दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल फर्कायो । ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरे । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सेउंघोले सान्त्वना गोल फर्काए ।

ब्राजिल सन् १९९४ यताका सबै विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। ब्राजिल विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो । सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो । जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ । अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ ।

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको छ। १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो । ७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ । पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ । ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ । यो उसको लगातार ८ औं पटक क्वार्टर फाइनल यात्रा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *