पाँचथरमा सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ स्थित राँके-रवि-भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरकाअनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आइतबार दिउँसो दुर्घटनामा परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

अदलीबदली भएका सैनिक कर्मचारी चढेको गाडी आफै अनियन्त्रित भएर सडकबाट लगभग १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् । घाइतेको १३ जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँको आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ । अन्य दुई जनाको भने विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *