गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगे एम्बाप्पे

काठमाडौँ । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् । एम्बाप्पेले राउण्ड १६ को खेलमा पोल्याण्डविरुद्ध २ गोल गरेर यस विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगेका हुन् ।

एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन् । अब फ्रान्स क्वाटरफाइनलमा पुगिसकेकाले यस विश्वकपको गोल्डेन बुटको दाबेदारमा एम्बापेलाई नै हेरिएको छ ।

त्यस्तै यस दौडमा अहिलेसम्म ३-३ गोल गरेर ७ खेलाडीले पछ्याइरहेका छन् । जसमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड, बुकाया साका, स्पेनका अल्भारो मोराटा र नेदरल्याण्डका कोडी गाक्पो रहेका छन् । त्यस्तै इक्वेडरका इनर भलेन्सियाले पनि ३ गोल गरेका छन् । इक्वेडर विश्वकपबाट बाहिरीएकाले भलेन्सिया भने अब गोल्डेन बुटको दौडबाट बाहिर रहेका छन् ।

त्यस्तै २-२ गोल गरेर गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका जुलियन अल्भारेज, ब्राजिलका रिचार्लिशन, नेदरल्याण्डसका आन्द्रेज क्रामारिक, जापानका रिटसु दोआन, पोर्चुगलका ब्रुनो फर्नानडेज, दक्षिण कोरियाका चो गुए संग, स्पेनका फेरान टोरेज र स्वीजरल्याण्डका ब्रील एम्बोलो रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *