इंग्ल्यान्ड अन्तिम आठमा, सेमिफाइनल पुग्न फ्रान्सलाई हराउनुपर्ने

काठमाडौँ । इंग्ल्यान्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इंग्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो । योसँगै सेनेगलको विश्वकप यात्रा टुंगिएको छ । अब इंग्ल्यान्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *