पोल्याण्डसँग बदला लिँदै फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । पोल्याण्डसँग बदलालिँदै साविक विजेता फ्रान्स क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ ले पराजित गरेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पेले २ तथा जिरुडले १ गोल गरे।

sपोल्याण्डका कप्तान रोवर्ड लेवान्डोस्कीले खेलको अन्तिममा २ पटक पेनाल्टी प्रहार गर्ने मौका पाउँदा एक गोल फर्काए।
जितसँगै १९८२ मा तेस्रो स्थानका लागि भएको खेलमा हारको बदला पनि फ्रान्सले लिएको छ। त्यतिबेला पोल्याण्डले फ्रान्सलाई ३–२ ले पराजित गरेको थियो।

फ्रान्स लगातार तेस्रो पटक नकआउट चरणमा पुगेको थियो। यसअघि २०१४ को विश्वकपमा क्वार्टर फाइनलबाट बाहिरिएको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। ४४ औं मिनेटमा एमबाप्पेको पासमा जिरुडले फ्रान्सलाई अग्रता दिलाएका थिए।

७४ औं मिनेटमा ओसमान डेम्बेलेको पासमा अग्रता दोब्बर बनाएका एमबाप्पेले खेलको अतिरिक्त समयमा अर्को गोल थपे।
खेलको अन्तिममा पोल्याण्डले पेनाल्टी मार्फत १ गोल फर्कायो। कप्तान लेवान्डोस्की पहिलो प्रहारमा चुके पनि पेनाल्टी प्रहार नगर्दै फ्रान्सका खेलाडी डिबक्समा पसेपछि रेफ्रीले पोल्याण्डलाई पुनः मौका दिए। दोस्रो पटक भने लेवान्डोस्की चुकेनन्।
हारसँगै ४० वर्षपछि नकआउट पार गर्ने पोल्याण्डको सपना अधुरै रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *