माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडाैँ । बैतडीकाे पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहार प्रकरणका आरोपित महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाकाे हत्या गरेकाे अभियाेगमा शिवनाथ गाउँपालिका- ४ का भरतराम काेली महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) माेहनकुमार आचार्यले काेली महेन्द्रनगरबाट पक्राउ परेकाे पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेकाे बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेकाे अवस्थामा काेलीलाई पक्राउ गरिएकाे जानकारी दिए ।

२२ वर्षीय काेली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पाेखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । प्रहरी निरीक्षक पन्तले पक्राउ परेका काेलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेकाे अवस्थामा मृत भेटिएकि थिइन ।

पक्राउ परेका काेली र माया प्रेम सम्बन्धमा रहेकाे बुझिएकाे बताउदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *