मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भट्टराईको निधन

जनकपुरधाम । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा सहभागी हुन पुगेका उनी आज बिहान एक होटलको कोठामा मृत भेटिएको सञ्चारकर्मी मनोज यादवले बताए । उनका अनुसार भट्टराईको मुखबाट रगत निस्केको देखिएको छ ।

पत्रकार यादवका अनुसार भट्टराई हिजो बेलुका हामीसँगै खाना खाएर होटलमा सामान्य अवस्थामा फर्किनु भएको थियो । तर राति कसरी निधन भयो थाहा भएन । राजविराज घर भएका भट्टराई नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष र केन्द्रीय समितिका उपाध्यक्ष थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *