धनुषामा जन्ती बोकेको टाटा विंगरलाई पिकअपले ठक्कर दिँदा ५ जनाको मृत्यु, ९ घाइते  

जनकपुरधाम । धनुषामा जन्ती बोकेको टाटा विंगरलाई पिकअपले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको टाटा विंगर र ज १ च १४९६ नम्बरको पिकअप भ्यान धनुषाको वीरेन्द्रबजारमा एकआपसमा ठोकिएका हुन् ।

दुर्घटना परी ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनुषा प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा  पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन् । अन्यको परिचय खुलेको छैन ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा जीप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । एसपी रजौरका अनुसार ज १ च १४९६ पिकअप भ्यान र रौतहट चन्द्रपुरका सविन विक प्रहरी हिरासतमा रहेको धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले जनाएका छन् ।

घाइते सबैको उपचार जनकपुर प्रादेशिक अस्पताल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *