नागरिकताको समस्या समाधान नभए एमालेले देशव्यापी आन्दोलन गर्छ : महासेठ(भिडिओ)

काठमाडौँ । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका विषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्

शुक्रवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जन्मसिद्ध नागरिकताका विषयमा आवश्यक कानुन नबन्दा लाखौँ नागरिकहरू नागरिकता बिहीन हुनु परेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले यसअघिको एमाले सरकारले नागरिकताको विषयलाई समाधान गर्ने प्रयास गरे पनि अहिलेको गठबन्धन दलहरूले नै रोक्ने काम गरेको जिकिर गरे । त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको समेत दाबी गरे ।

महासेठले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढी विकासका योजनाहरूलाई गठबन्धन सरकारले रोकेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *