प्रदेश १ : एकीकृत समाजवादीका ३ जनाले जोगाए साख

काठमाडौँ । प्रदेश १ मा एकीकृत समाजवादीका ३ जनाले साख जोगाउँन सफल भएका छन् । भखरै सम्पन्न प्रदेश सभाको निर्वाचनमा प्रदेश १ मा एकीकृत समाजवादीका ३ जना मात्र  विजयी भएका छन् ।

एमाले विभाजनपछि प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री भागमा परेको थियो । अहिलेको चुनावी नतिजाले एकीकृत समाजवादी रक्षात्मक अवस्थामा पुगेको देखिन्छ ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा एसले देशसभाका ११ क्षेत्रमा उम्मेदवारी दिएको थियो । तीमध्ये ३ स्थानमा मात्र जीत हात पार्ने सफल भएको छ ।

जस्मा दुईजना पुरानै अनुहार हुन् । भने एक जना प्रदेश सरकारका लागि नयाँ अनुहार हो । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एसका सचिव भोजपुरबाट राजेन्द्रकुमार राई भोजपुरबाट निर्वाचित भए । यस्तै, इलामबाट पर्यटनमन्त्री खिनु लङ्वा प्रदेशसभामा दोहोरिएका हुन् ।

नयाँ अनुहारमा पँचथरका कमलप्रसाद जबेगु हुन् । उनलाई पाँचथरबाट यसअघिका प्रदेश संसद गणेस काम्बाङ्ले जिम्मेवारी दिएर सहयोग गरेपछि पाँचथर प्रदेश सभा क बाट निर्वाचित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *