बालेनलाई अप्ठ्यारो पर्ने गरी भूमि आयोगले भन्यो- तत्काल सुकुम्वासी बस्ती नहटाउनू

काठमाडाैँ । राष्ट्रिय भूमि आयोगले सुकुम्वासीलाई अहिले नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार सूचना जारी गर्दै कुनै पनि स्थानका सुकुम्वासीलाई अहिले नै नहटाउन काठमाडौँ महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी/गैरसरकारी निकायलाई निर्देशन दिएको हो ।

आयोगले सूचनामा उल्लेख गरेको छ, ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’

आयोगले सुकुम्वासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ । आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो ।

सुकुम्वासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौँ महानगरपालिका डोजर लिएर थापाथली पुगेको थियो । बस्तीमा डोजर चलाउन खोजेपछि स्थानीयले अवरोध गरेका थिए । स्थानीयको ढुंगामुढा प्रहारबाट नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *