जापानसँग हारेपनि स्पेन नकआउट चरणमा

काठमाडाैँ । एशिएन राष्ट्र जापानले स्पेनमाथि सनसनिपूर्ण नतिजा निकाल्दा जर्मनीलाई धक्का लागेको छ । ४ पटकको विश्व विजेता जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

बिहीबार कोस्टारिकामाथि ४-२ को सानदार जित दर्ता गरेर पनि जर्मनीले खुसी मनाउन पाएन । स्पेनसँग अंक बराबरी गरे पनि गोलअन्तरका आधारमा स्पेन अगाडी बढेको हो । स्पेनले कोस्टारिकलाई ७-० को अन्तरले हराएको फाइदा अहिले आएर लियो । जापानसँग पराजित भएको जर्मनीलाई भने अन्तिम खेलमा धक्का लाग्यो ।

समूह ई को अन्तिम खेलमा जर्मनी र कोस्टारिका बाहिरिएका छन् । जापान समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेको छ । जापानले स्पेनलाई २-१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो । स्पेन पराजित भएपनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन ।

जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।

जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले नै हराएको थियो । स्पेनको खेलजस्तै जापान जर्मनीविरुद्ध पहिलो हाफमा १-० ले पछि परेर दबाबमा रहेको थियो । तर दुवै खेलमा जापानले दोस्रो हाफमा सानदार पुनरागमन गर्यो । यता स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित गर्नु महत्त्वपूर्ण सावित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *