बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउटमा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बेल्जियमलाई बराबरीमा रोक्दै साविक उपविजेता क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा क्रोएसिया र बेल्जियमले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै ५ अंक भएको क्रोएसिया समूह उपविजेता बन्दै नकआउटमा पुगेको छ। बेल्जियम भने समूह चरणबाटै घर फर्किएको छ। यहि समूहको अर्को खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै मोरक्को समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।

यसअघि २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो भएको थियो। समूह चरणमा बलियो मानिएको बेल्जिय दोस्रो खेलमा मोरक्कोसँग पराजित हुँदा घर फर्किने सम्भावना बढेको थियो।

अन्तिम खेलमा क्रोएसियालाई पराजित गरेको भए नकआउटमा पुग्ने अवस्था थियो। तर बराबरीले उसलाइ १३ औं पटक सहभागी बेल्जिय विश्वकपको फाइनलमा पुग्न सकेको छैन। छैठौं पटक विश्वकपमा सहभागी क्रोएसिया गएको विश्वकपमा फाइनलमा पुगे पनि फ्रान्ससँग पराजित भएको थियो। अब क्रोएसियाले समूह एफको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *