सुनसरी-४

३५८ मत गन्न बाँकी छँदा कार्कीलाई ६८ मतको अग्रता

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा पुनः कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन् । मतगणना अन्तिमतिर आइपुग्दा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ६८ मतको अग्रता बनाएका हुन् ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार कार्कीले ३० हजार ३०९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार २४१ मत ल्याएका छन् । अब यो क्षेत्रमा ३५८ मत गन्न बाँकी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *