स्रोत नखुलेको ११ लाख बढी रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम । गौरबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरी टोलिले नियन्त्रणमा लिएका छन् ।

बुधबार सदरमुकाम गौरको बरहबापुलमा चेकजाँचको क्रममा रौतहट गढीमाई ४ सङग्रामपुरका २९ वर्षीय राजु कुमार यादव र वडा ९ बरियारपुरका ३३ वर्षीय राजेश कुमार यादव लाई ११ लाख ३९ हजार ८ सय रुपैयाँसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक शङ्कर बहादुर थापाको नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सफलता हात परेको शस्त्र प्रहरी बल न.११ हेडक्वाटर हजमिनिया रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक शेखर दवाडीले जानकारी दिए ।

बरामद मोटरसाइकल, रुपैयाँ र दुवै जनालाई चोरी पैठारी अन्तर्गत आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रौतहट गौर पठाइएको सशस्त्र नायब उपरीक्षक दवाडीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *