पछि परे सञ्चारमन्त्री कार्की, एमालेका कुसियैतको अग्रता

काठमाडाैँ । नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी-४ मा पछाडि परेका छन् । सुनसरी-४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले ८२ मतले पछि पारेका हुन् ।

१३६ मतले अगाडि रहेका कार्कीसँगको मतान्तर घटाउँदै कुसियैत अघि लागेका हुन् । एमाले उम्मेदवार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याउँदा मन्त्री कार्कीले २९ हजार ७१२ पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् । बहालवाला पाँच जना मन्त्री पराजित भइसकेका अवस्थामा कार्कीमाथि दबाब छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *