अघिल्लोपटक ६५९७ मतान्तरले जितेका कार्की कठिन संघर्षमा

काठमाडाैँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना जारी छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ । उनी २५ मतले मात्र अगाडि छन् ।

कार्कीले २९ हजार ३१७ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गरेका छन् । कार्की ०७४ मा सुनसरी ४ बाटै ६५९७ मतान्तरले विजयी भएका थिए । वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *