समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारे पनि पोल्याण्ड अघि बढ्यो

काठमाडाैँ । समूहको निर्णायक खेलमा पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति पहिलो हाफ गोल रहित भएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो ।

पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुकेपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको हो । खेलभर पूरै अर्जेन्टिना हाबी भएको थियो । पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो ।

अर्जेन्टिनासँग पराजित भए पनि पोल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ । अर्को खेलमा मेक्सिको विजयी भए पनि गोल अन्तरका आधारमा पोल्याण्डले अन्तिम १६ मा उपविजेताको रुपमा स्थान बनाएको हो । साउदीलाई पराजित गरेपछि मेक्सिको र पोल्याण्डको समान ४ अंक भएको थियो ।

पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी त्यसपछि लगातार पोल्याण्ड र मेक्सिकोसँग पराजित भयो । अर्जेन्टिनाले भने ती दुवै टोलीलाई पराजित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *