अन्तिम खेलमा फ्रान्सलाई हराएको ट्युनिसिया छैटौं पटक बाहिरियो 

काठमाडौं। अन्तिम खेलमा फ्रान्सलाई पराजित गरे पनि ट्युनिसिया छैटौं पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूहको अर्को खेलको नतिजा आफू अनुकूल नआउँदा ट्युनिसियाको नकआउट पुग्ने सपना अधुरै रहेको हो।

५१ वर्ष पछि ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको हो। समूहकै बलियो टोली फ्रान्स १–० ले पराजित भएको हो।
खेलको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे पनि अफसाइड हुँदा ट्युनिसियाले खेल जित्यो। समूहकै अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दा ट्युनिसियाको सपना चकनाचुर भएको हो।

ट्युनिसियाको जितमा ५८ औं मिनेटमा वाहबी खजरीले गोल गरे। पछि परेपछि फ्रान्सले प्रमुख खेलाडीलाई मैदान उतारे पनि ट्युनिसियाको डिफेन्स छिचल्न सकेन।

१९७१ मा ट्युनिसियाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। त्यसपछिका दुई खेल बराबरीमा सकिए पनि २ खेल फ्रान्सले जितेको थियो। २००८ मा ३–१ ले पराजित भएको ट्युनिसिया २०१० मा १–१ को बराबरी खेलेको थियो।

फ्रान्सले सुरुका दुवै खेल जितेको थियो। ट्युनिसिया भने डेनमार्कसँग बराबरी खेलेको थियो। यसअघिका ५ वटा विश्वकपमा सहभागी भएको ट्युनिसिया सबै विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *