भगवती चौधरीको विजय र्‍यालीमा ढुंगा प्रहार

विराटनगर । सुनसरीमा नेकपा एमालेलले निकालेको बिजय जुलुसमा ढुंगा प्रहार भएको छ । दुहवी ९ मा एमालेले निकालेको विजय जुलुसमाथि ढुंगा प्रहार भएको हो । जुलुसमा ढुंगा प्रहार भएपछि छाताबेलीमा झडपसमेत भएको छ ।

एमालेबाट विजयी भएका प्रतिनीधि सभा सदस्य भगवती चाैधरी प्रदेश सभा सदस्य रोहितबहादुर कार्कीसहित निकालिएको विजय र्‍यालीमाथि आक्रमण भएको प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले बताए । ढुंगा प्रहारबाट लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुहवी वडा नम्बर ९का वडाअध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति मेहदि हुसेनको घर नजिक पुगेको विजय र्‍यालीमा एक्कासी आक्रमण भएको एमाललेले जनाएको छ । अहिले सो क्षेत्रमा ठूलो संख्यामासुरक्षाकर्मी परिचालन गरिएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले कांग्रेस नेता विजय गच्छदारलाई पारजित गरेकी थिइन् । गच्छदार ४८ सालदेखि निरन्तर सो क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *