विश्वकपमा आज चार खेल, जित्नै पर्ने दबाबमा अर्जेन्टिना (खेलतालिका)

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदैछन् । आज समूह सी र डी का समूह चरणका अन्तिम खेल हुँदैछन् ।

समूह डी अन्तर्गतका दुवै खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छन् । जसमा अस्ट्रेलियाले डेनमार्कको सामना गर्ने छ भने फ्रान्सले ट्युनिसियाको सामना गर्ने छ । समूह डी अन्तर्गत फ्रान्स यस अघिनै विश्वकपको नकआउट चरणमा पुगिसकेको छ । आजको खेलबाट नकआउटमा पुग्ने दोस्रो टिमको टुंगो लाग्ने छ ।

२ खेलमा अस्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने डेनमार्कको १ अंक मात्र छ । अस्ट्रेलिया र डेनमार्कको खेलबाट जित हासिल गरेमा डेनमार्क नकआउटमा पुग्ने छ भने अस्ट्रेलियाले बराबरी मात्र खेल्न सकेअनि नकआउटको यात्रा शुरु हुने छ । ट्युनिसियाका लागि खेल जितेर पनि अस्ट्रेलिया र डेनमार्कको नतिजामा भरपर्नु पर्ने अवस्था रहेको छ ।

आजै नेपाली समय अनुसार राति १२: ४५ मा समूह सी अन्तर्गत अर्जेन्टिनाले पोल्याण्डको सामना गर्दै छ भने साउदी अरेबियाले मेक्सिकोको सामना गर्दै छ । पोल्याण्डको २ खेलमा ४ अंक छ भने अर्जेन्टिनाको २ खेलमा ३ अंक रहेको छ । अर्जेन्टिनाका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ भने पोल्याण्डले बराबरी खेलेमात्र पनि नकआउटमा पुग्न सक्ने अवस्था रहेको छ ।

साउदी अरेबियाले खेल जितेमा नकआउट चरणमा पुग्ने छ भने मेक्सिकोका लागि जितपछि पनि अर्जेन्टिना र पोल्याण्डको खेलको नतिजामा भरपर्नु पर्ने अवस्था रहेको छ । साउदी अरेबियाको २ खेलमा ३ अंक छ भने मेक्सिकोको २ खेलमा १ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *