६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स समूहचरणबाटै बाहिरियो

काठमाडौँ । ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स समुहचरणबाटै बाहिरिएकाे छ । इङल्याण्डसँग ३-० ले पराजित हुँदा कतारबाट बिदा हुनु परेकाे हाे ।

अहमद अल बिन अली स्टेडियममा मंगलबार राति भएको खेलमा इङल्याण्डसँग ३–० ले पराजित भएपछि वेल्सको दोस्रो पटक अन्तिम १६ मा पुग्ने इच्छामा यसपटक पुर्णविराम लागेकाे हाे ।

यसअघि सन् १९५८ मा पहिलो सहभागितामा नै क्वार्टरफाइनलसम्म पुगेको थियाे । त्यसपछी पहिलो पटक विश्वकपमा सहभागी भएको वेल्स समूह चरणबाट अघि बढ्न सकेन ।

समूह बी मा रहेको वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा इरानसँग २–० ले पराजित हुँदा अघिल्लो यात्रा संकटमा परेकाे थियाे ।

शुक्रबार इरानसँगको खेलमा वेल्सका गोलरक्षक वेन हेनेसीले ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेपछि खेलले अर्कै मोड लियो । वेल्सविरुद्द फिल फाेडेनले १ र रासफाेर्डले २ गाेल गरे ।

यो समूहबाट इङल्याण्ड विजेता र अमेरिका उपविजेता बन्दै नकआउट पुगे । इरान र वेल्स भने समूह चरणबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *