अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो

काठमाडाैँ । इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपकाे नकआउटमा पुगेकाे छ । निर्णायक खेलमा अमेरिकाले १-० ले पराजित गर्दै इरानलाई घर फर्कायाे ।

बराबर गरे पनि अघि बढ्नसक्ने इरानले गरेका प्रयास सफल हुन सकेन । मंगलबार मध्यराति भएको खेलमा इरानलाई १–० गोल अन्तरले पराजित गर्दा समूह बीमा रहेको अमेरिकाले तीन खेलबाट ५ अंक हात पारेको हो  ।

अमेरिका अपराजित रहँदै नकआउटमा पुग्याे अब अन्तिम १६ मा समूह ए काे विजेता नेदरल्यान्ड्स सँग प्रतिस्पर्धा गर्ने छ । समूह बी बाट इङ्ल्याण्ड विजेता बन्याे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *