इक्वेडरलाई पराजित गर्दै सेनेगल दोस्रो पटक नकआउटमा

काठमाडाैँ । कतार विश्वकपमा समूहको अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल नकआउट चरणमा पुगेको छ । सेनेगलसँग पराजित भएसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ ।

खालिफा इन्टरनेशनल स्टेडियममा मंगलबार बेलुकी भएको खेलमा सेनेगलले इक्वेडरलाई २-१ ले पराजित गरेको हो । ६७ औं मिनेटमा इक्वेडरले सेनेगलको अग्रता तोड्दै बराबरी गरे पनि त्यसलाई जोगाउन सकेन । बराबरी भएको अवस्थामा पनि इक्वेडर अघिल्लो चरण प्रवेश गथ्र्यो ।

मोइसेस काइसेडोले गोल गर्दै खेलमा फर्काएका थि ए। ३ मिनेट पछि पुन: सेनेगलले अग्रता लियो । ७४ औं मिनेटमा सेनेगलका लागि कलिडउ कौलिवालीले गोल गर्दै सेनेगलको नकआउट चरण पक्का गरे ।

चौथोपटक विश्वकप खेलेको इक्वेडर तेस्रोपटक समूह चरणबाट नै बाहिरिएको हो । सन् २००२ समूह चरणबाट नै बाहिरिएको थियो । २००६ को विश्वकपमा अन्तिम १६ मा पुगे पनि २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।

२०१८ को विश्वकपमा छनोट हुन सकेको थिएन । तेस्रो पटक विश्वकपमा सहभागी सेनेगल भने दोस्रो पटक नकआउटमा पुगेको हो । पहिलो पटक सहभागी हुँदा २००२ मा क्वार्टर फाइनलमा पुगेको थियो । २०१८ मा समूह चरणबाटै बाहिरिएको सेनेगल २० वर्षपछि नकआउटमा पुगेको हो । अब सेनेगलले समूह बीको विजेतासँग क्वार्टर फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *