नेदरल्याण्ड्स समूह बिजाता बन्दै अन्तिम १६ मा, कतारले सबै खेल हार्यो

काठमाडाैँ । नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति कतारलाई २-० ले पराजित गर्दै समूह ए को विजेताका रुपमा नकआउट प्रवेश गरेको हो । अब अन्तिम १६ मा समूह बी को उपविजेतासँग भिड्ने छ ।

नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरे । खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो । डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलुटोलीमाथि सहज जित हात पार्यो ।

यसअघि पहिलो खेलमा सेनेगललाई २-० ले पराजित गरेको थियो । इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको थियो । आयोजक कतारले भने सबै खेल हारेको छ ।

९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ । यसअघि तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन । २०१० मा फाइनल खेलेको नेदरल्याण्ड्स २०१४ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *