ओलीले भने– सुकुम्बासी बस्तीमा तमासा गरियो, त्यहाँ कुन शत्रु बसेका छन् र ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरपालिकाले तमासा गरेको टिप्पणी गरेका छन् । मंगलबार पार्टीका नवनिर्वाचन सांसदलाई सम्मान तथा बधाई दिन राष्ट्रिय सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् । ओलीले सुकुम्बासीलाई ओलीले अर्कै देशका नागरिकलाई जस्तो व्यवहार गरेको बतएका छन् । सुकुम्बासीले केही नबिगारेकोले उनीहरुलाई त्यसो नगर्न उनले आग्रह गरे ।

‘सुकुम्वासी बस्तीमा तमासा गरियो,’ उनले भने, ‘त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’

उनले कसलाई पराजित गरेर कसले जित्ने भन्दै लोकतन्त्रमा बल प्रयोगबाट समस्या समाधान नहुने बताए । कानुनी र वैधानिक तरिकाले यो समस्या समधान गर्नुपर्ने उनको भनाइ छ ।

सुकुम्वासी समस्या समाधान गर्नका लागि आफू नेतृत्वको सरकारले आयोग बनाएको उनले बताए । तर, उक्त आयोग विघटन गरेर अहिले सरकारले के गरिरहेको छ भन्ने उनले प्रश्नसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *