पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सकियो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सफल भएको छ । १ हप्ताको यान्त्रिक परीक्षण उडान पूरा भएको हो ।

गएको मंसिर ५ गतेदेखि यहाँ एरो थाई कम्पनीले फ्लाइट गरेको थियो । कम्पनीले ३ साताभित्र प्रतिवेदन बुझाउने छ । उक्त विमान थाइल्याण्डबाट पोखरा आएको थियो । सबैजसो यान्त्रिक परीक्षण सफलता पूर्वक सम्पन्न भएको आयोजना प्रमुख विनेश मुनन्कर्मी बताउँछन् । कम्पनीले प्रतिवेदन बुझाएपछि मात्रै परीक्षण उडान हुने छ ।

विमानस्थलमा अंग्रेजी नयाँ वर्ष पुस १७ अर्थात् जनवरी १ देखि औपचारिक उडान गर्ने लक्ष्य छ । सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिना अघि नै सञ्चालन हुने गरी तयारी भएपनि कोरोनाले निर्माण प्रभावित बनाएपछि १ वर्ष धकेलिएको हो । चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो ।

यो विमानस्थल बनाउन चीनको एक्जिम बैंकसँग २२ अर्ब ऋण लिइएको छ । विमानस्थलमा २५ सय मिटर लामो रनवे छ भने विज्ञहरूले यसलाई अझै थप्न सुझाव दिएका छन् । यो विमानस्थलबाट नेपालकै निजी कम्पनी बुद्ध एयरले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *