सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक

काठमाडौँ । सुनसरी ४ मा मतगणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुनः मतगणनाका लागि दिएको निवेदन खारेजी गरेपछि दुई दिनबाट रोकिएको गणना शुरु हुन लागेको हो ।

गणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बोलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मतगणनाका क्रममा निर्वाचन आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको कांग्रेसका उम्मेदवार कार्कीले लगाएपछि सो स्थानमा निर्वाचन स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *