डा शेखरको पहिलो उद्घोष- ‘धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । राष्ट्रका यी धरोहरको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व भएको पनि उनको भनाई छ ।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *