विश्वकप फुटबल : समूह चरणको अन्तिम खेल आजबाट

काठमाडौँ । फिफा विश्वकपमा आजबाट समूह चरणअन्तर्गतको अन्तिम खेलहरू शुरू हुँदैछन् । समूह चरणको तेस्रो चरणका खेलहरूमा आज समूह ‘ए’ र ‘बी’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । आजबाट हरेक समूहका दुई खेल एकै समयमा हुनेछ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुने खेलमा समूह ‘ए’ को इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्कोतर्फ अल बायत रंगशालामा आयोजक कतार र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

राति १२ः४५ बजेदेखि समूह ‘बी’ का इरान र अमेरिकाले अल थुमामामा रंगशालामा खेल्दा अर्कोतर्फ अहमेद बिन अली रंगशालामा वेल्स र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *