उरुग्वेसँग बदला लिँदै पोर्चुगल नकआउटमा

काठमाडाैँ । चार वर्ष अघिकाे हारकाे बदला लिँदै पाेर्चुगल नकआउट चरणमा पुगेकाे छ । साेमबार राति उरुग्वेलाई २-० ले पराजित गर्दै अन्तिम १६ पक्का गर्याे ।

पाेर्चुगलकाे जितमा दुवै गाेल ब्रुनो फर्नान्डेजले गरे । पोर्चुगल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । खेलको ५४ औँ मिनेटमा फर्नान्डेजले डिबक्स बाहिरबाट गरेकाे प्रहारमा राेनाल्डाेले हेड गर्ने काेसिस गर्दा गाेलरक्षक झुक्किए । उक्त बलले जालि चुम्याे ।

१–० को अग्रता दिलाएका उनले अर्काे गाेल पेनाल्टीमा गरे । दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसर फर्नान्डेजले खेर जान दिएनन् । पेनाल्टी एरियाभित्र उरुग्वेका खेलाडीले ह्याण्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा पेनाल्टी दिएका थिए ।

पोर्चुगलसँग उरुग्वे पराजित भएपनि अघिल्लो चरण प्रवेशको सम्भावना भने जिवितै छ । यसअघि सन् २०१८ मा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो ।

सोमबार उरुग्वेलाई पराजित गर्दै पोर्चुगलले ४ वर्ष अघिको हारको बदला पनि लिएको छ । अन्तिम खेलमा पाेर्चुगल र जापान तथा उरुग्वे र घाना भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *