स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ । समुह जी अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ब्राजिललेस्विट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा खेलको ८३औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लगातार दोस्रो जित हासिल गर्दै ब्राजिल जारी विश्वकपको नकआउट चरणमा पुगेको छ । ब्राजिल फ्रान्सपछि नकआउट चरणमा पुग्ने दोस्रो टिम बनेको छ ।

आजको खेलमा ब्राजिल आफ्ना स्टार खेलाडी नेइमार बिना नै खेलेको थियो । सर्बियाविरुद्धको खेलमा घाइते भएका नेइमार अब क्यामरुनविरुद्धको समूह चरणको अन्तिम खेलमा खेल्न सक्ने बताइएको छ ।

समूह ‘जी’ मा ब्राजिलको २ खेलमा ६ अंक भएको छ । त्यस्तै स्विट्जरल्याण्डको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । यस समूहमा रहेको क्यामरुन र सर्बियाको २-२ खेलमा १-१ अंक रहेको छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुन र स्विट्जरल्याण्डले सर्बियाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *