देश १ : प्रत्यक्षतर्फ महिलामा खिनु र शोभा मात्र विजयी

विराटनगर । प्रदेश -१ मा प्रत्यक्षतर्फ दुई महिला मात्र विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश –१ मा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला २ जना मात्रै हुन् ।

५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईमात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका हुन ।

खिनु इलाम क्षेत्र नम्बर–१ बाट विजयी भएकी हुन् । प्रदेश–१ सरकारकी संस्कृति पर्यटनमन्त्रीसमेत रहेकी खिनुले एमालेकी शोभा पराजुलीलाई पराजित गरेकी हुन् । १३ हजार ३ सय ७५ मत ल्याएर खिनु विजेता बन्दा एमालेकी पराजुलीले ११ हजार ३९५ मत मात्रै ल्याउन सकिन् ।

झापा क्षेत्र नम्बर–१९२० बाट राप्रपाकी बजगाई निर्वाचित भएकी हुन । बजगाईले १३ हजार ६१२ मत ल्याएर विजेता बन्दा निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बूले १२ हजार २२५ मत मात्रै प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =