थापाथली सुकुम्बासी बस्तीमा तनाव : महानगरको टोलीमाथि ढुंगामुढा, घरेलु हतियारसहित प्रदर्शन
२०७९ मंसिर १२ गते

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
अनधिकृत रुपमा बसेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि बस्तीमा बस्ने स्थानीयले ढुंगामुढा गरेका हुन् । वैकल्पिक व्यवस्था बिना नै बस्ती हटाउन खोजेको भन्दै उनीहरु प्रतिकारमा उत्रिएका हुन् । बस्तीका स्थानीले घरेलु हतियासहित प्रदर्शन गरेका छन् ।
उनीहरुले ठाउँठाउँमा टायर बालेर नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् । उनीहरुले गृहमन्त्री तथा महानगरका मेयरको विरोधमा नारा लगाएका छन् ।


२०७९ मंसिर १२ गते
प्रतिक्रिया









