विश्वकपमा आज चार खेल, कसको ‘गेम’ कोसँग ?

काठमाडौँ । फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’का दुई/दुई खेल गरी चार खेलहरू हुँदै छन् । कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरूनले सर्बियाको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’को दक्षिण कोरियाले घानाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । राति ९ः४५ बजेदेखि रंगशाला ९७४ सुरु हुने आजको तेस्रो खेलमा समूह ‘जी’मा रहेको ब्राजिलले स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।

दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘एच’को पोर्चुगलले उरुग्वेसँग खेल्नेछ । यो खेल कतारको लुसैल रंगशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *