एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

लमजुङ । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफलता पाए ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरे । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत विसं २०७४ मा एमालेसँग नेकपा माओवादी केन्द्र को तालमेल रहेको थियो । सो बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश ९२० बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गर्नुभएको थियो । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभयो भने, देवप्रसाद सांसद मात्र थिए ।

अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । विजयी एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भए । तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा विसं २०१४ गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा जन्मिनुभयो । उहाँको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो ।

उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गर्नुभएको थियो । विज्ञानमा स्नातक गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध भए । विसं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भएका थिए । उनी शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटकपटक प्रहरी हिरासतमा समेत परेका थिए । विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दसँै महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए । एमालेका गुरुङले विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा पराजित भएका थिए ।

विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसक्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =