तेह्रथुममा कांग्रेसकी सीता गुरूङ विजयी
२०७९ मंसिर १० गते

काठमाडाैँ । तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन् ।
पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार ७ सय २ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन्। उनीहरूको मत अन्तर १ हजार ७९ छ ।
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित









