मोरङ ५ मा स्वतन्त्र उम्मेदवार जोगी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेसँगको गठबन्धनका उम्मेदवार जसपालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् ।

उनले २१८२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका शिवकुमार मण्डलले १७४८६ मत मात्र प्राप्त गरे । एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको जनता समाजवादी पार्टीका राजकुमार यादवले १७३९० मत प्राप्त गरे ।

योगेन्द्रसँग शिवकुमार ४३३४ मतान्तरले पराजित भएका छन् । यो क्षेत्रको प्रदेश सभाको दुवै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस निर्वाचित भएको छ। क्षेत्र नम्बर ५(१) मा गयानन्द मण्डल र ५(२) मा अमृत अर्याल निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *