कैलाली १ : नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी
२०७९ मंसिर ८ गते

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन् ।
कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।
श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनमले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए ।
उनी रेसम चौधरीकी श्रीमती हुन् ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








