तेह्रथुम : कांग्रेसका सीता अगाडि, एमालेका विजय पछिपछि

काठमाडौँ । तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले अग्रता लिएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई पछि पार्दै उनले अग्रता लिएकी हुन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ७ हजार ७ सय ५८ मत ल्याएकी छन् भने एमालेका विजय सुब्बाले ७ हजार ७५ मत ल्याएका छन् । उनीहरुको मतान्तर ६ सय ८४ रहेको छ ।

जिल्लामा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ४० हजार १ सय ४० मत झरेको थियो ।

यसअघि वाम गठबन्धनबाट भवानी खापुङ निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =