पाँचथर : प्रदेशमा नेकपा एसका जवेगु र माओवादीका आङबो विजयी

पाँचथर । पाँचथरका दुबै प्रदेशमा गठबन्धन विजयी भएको छ । दुई वटा प्रदेशसभा रहेको पाँचथरमा भारी मतका साथ प्रदेशमा गठबन्धन विजयी भएको हो । एक मात्र प्रतिनिधिसभा रहेको पाँचथरमा प्रतिनिधिसभा तर्फको मतगणना जारी छ । प्रदेशको भने मतगणना सकिएको छ ।

पाँचथरको प्रदेशसभा क मा नेकपा एकीकृत समाजवादीका कमल जवेगु र प्रदेश ख मा माओवादी केन्द्रका नेता तथा निर्वतमान प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो विजयी भएका छन् ।

प्रदेशसभा क मा नेकपा एसका कमल जवेगुले एमालेका राजकुमार भण्डारीलाई ६सय ३३ मतले पराजित गरे ।

पाँचथर प्रदेशसभा ख बाट आङ्बो १५ हजार ६ सय ७२ मतसहित विजयी भए भने । नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङको १२ हजार ६ सय ५ मत प्राप्त गरे । उनीहरुकाे मतान्तर ३ हजार ६७ रहेकाे छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =