मोरङ ६ (क)मा जीवन आचार्य निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ६ (क) मा माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गरेका हुन् । आचार्यले १९ हजार ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् ।

आचार्य २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पराजित हुन पुगेका थिए । त्यसपछि आचार्य पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा रहेर काम गरे । उनी प्रचण्डका ज्वाइँ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *