विश्वकपमा आज ब्राजिल र पोर्चुगलसहित आठ देश खेल्दै (तालिकासहित)

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । राति ९ः४५ बजेदेखि रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।

दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *